मंगलबार, मंसिर ११ गते २०८१

पोखरा विमानस्थल ठप्प, आज बाट हुने भनिएको पोखरा–सिमरा उडान स्थगित

पोखरा विमानस्थल ठप्प, आज बाट हुने भनिएको पोखरा–सिमरा उडान स्थगित

अखबार दैनिक
आइतबार, चैत १५ २०७७
  • पोखरा  विमानस्थल ठप्प, आज बाट हुने भनिएको पोखरा–सिमरा उडान स्थगित

     

    images

    पोखरा
    आकाशमा धुँवा धुलोको मात्रा अत्यधिक भई पोखराको मौसम खुल्न नसक्दा पोखर विमानस्थल शनिवार र आईतबार पूर्ण रुपमा ठप्प भएको छ । शुक्रबार ६ उडान हुन सकेको थिएन् । शुक्रबार दिउसो देखि पोखराको मौसम खुल्न नसक्दा एउटा पनि विमान उँड्न र अवतरण गर्न नसकेको हो । पोखराको आकाशमा तुवाँलो छाउँदा  पोखराबाट दिनहुँ काठमाडौं, भैरहवा, भरतपुर लगायतका स्थानमा विमानसेवा सुचारु हुन नसकेको हो । टेकअफ र ल्यान्डिङसहित पोखराबाट दैनिक ५० उडान हुने गरेको छ । उडान भर्न भिजिविलिटी सामान्यतय पाँच किलोमिटर हुनुपर्छ । अरु बेलाचाहिँ पोखरामा १० किलोमिटरभन्दा बढी भिजिबिलिटी हुन्छ ।
    पोखराको मौसम शुक्रबार दिउँसोदेखि खुल्न नसक्दा आजदेखि हुने भनिएको पोखरा–सिमरा उडान स्थगित भएको छ । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा बाराको सिमरासम्म आजबाट सुरु गर्ने भनिएको सिधा उडान हुन नसकेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल सहित २५ जनाको टोली आज सिमरा जाने तयारी थियो । सिमरा पुगेर सामान्य होली खेल्ने र दिउँसो ३ बजे फर्किने कार्यतालिका रहेता पनि आजको कार्यक्रम स्थगित भएको छ ।  उहाँका अनुसार पोखरा–सिमरा अब वैशाख ५ गते जहाज सञ्चालन गरिनेछ ।
    गण्डकी प्रदेश सरकारको पहलमा यति एअरको २९ सिट जहाजले आजदेखि पोखरा–सिमरा उडान गर्ने तयारी थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार