मंगलबार, मंसिर ११ गते २०८१

श्रमलाई उत्पादनसँग जोड्न नसके समृद्धिको मार्ग कठिनाइः मन्त्री लम्साल

श्रमलाई उत्पादनसँग जोड्न नसके समृद्धिको मार्ग कठिनाइः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, चैत १४ २०७७
  • श्रमलाई उत्पादनसँग जोड्न नसके समृद्धिको मार्ग कठिनाइः मन्त्री लम्साल


    पर्वत
    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले श्रमलाई उत्पादनसँग जोड्न नसके समृद्धिको मार्ग कठिनाई हुने बताउनुभएको छ । शनिवार पर्वतको मोदी गाउँपालिका वडा नं.७ राम्जादेउरालीले आयोजना गरेको राष्ट्रिय सभा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले श्रमलाई उत्पादनसँग जोड्न नसके ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानले मुर्त रुप लिन नसक्ने बताउनुभयो । उहाँले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने समेत बताउनुभयो । उहाँले श्रमलाई उत्पादन सँग जोड्दै रोजगारी सिर्जना, आर्थीक अवसर, गरिबी निवारण गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो ।  पर्यटन, कृषि र उद्योग मार्फत देशलाई सबल बनाउन सकिने बताउदै
    मन्त्री लम्सालले श्रम गरेर खाने बानीको विकास गर्न समेत स्थानियवासीलाई आग्रह गर्नुभयो ।
    मन्त्री लम्सालले सरकारको तिन बर्ष स्वर्णिम युगनै भएको चर्चा समेत गर्नुभयो । यस अघिका सरकारले २० बर्षमा गर्न नसकेका हरेक काम वर्तमान सरकारले तिन बर्षमानै पुरा गरेको दाबी गर्नुभयो ।
    नेकपा माओवादी केन्द्रका नेता गुप्त बहादुर हमालले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताउदै विदेशीएको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण सरकारले मिलाउनुपर्नेमा जोड्दिनुभयो ।

    images

    शुक्रबार बाट शुरु भएको प्रतियोगिता चैत्र १७ गतेसम्म सञ्चालन हुने छ । गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ५ जिल्लाका ५ वटा समूह सहभागी भएका छन् । 

    खेलमा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरणबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

    कार्यक्रममा रत्यौली प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले २० हजार पुरस्कार पाउने भएका छन् ।

     


     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार