मंगलबार, मंसिर ११ गते २०८१

फलेवास नगरपालिकाको केन्द्र परिर्वतन गर्ने निर्णय अवैद्यानिक, केन्द्रको विवाद चरम उत्कर्षमा

फलेवास नगरपालिकाको केन्द्र परिर्वतन गर्ने निर्णय अवैद्यानिक, केन्द्रको विवाद चरम उत्कर्षमा

अखबार दैनिक
आइतबार, चैत ८ २०७७
  • फलेवास नगरपालिकाको केन्द्र परिर्वतन गर्ने निर्णय अवैद्यानिक, केन्द्रको विवाद चरम उत्कर्षमा

    फलेवास
     फलेवास नगरपालिकाको केन्द्रको परिर्वतन गर्ने निर्णय अवैद्यानिक, केन्द्रको विवाद चरम उत्कर्षमा 
    पर्वतको फलेवास नगरपालिकाको केन्द्रको विवाद चरम उत्कर्षमा पुगेको छ । सामान्य कानुनी प्रक्रिया पुरा नगरि तथा ‘स्थानीयको भावना र जनमत नलिई केन्द्र परिर्वतन गर्ने निर्णयका करण विवाद चुलिँदो छ । मेयर पदम पाणी शर्माले जनचाहना विपरित गैर कानुनी ढंगले फलेवास नगरपालिकाको केन्द्र सारेको भन्दै स्थानियवासीले चर्को बिरोध गरेका छन् । नगरसभामा प्रस्तावै नलगी नगरपालिकाले गैर कानुनी ढंगबाट केन्द्र परिर्वतन गरि नयाँ प्रशासनिक भवनको सुचना निकालेको भन्दै चर्को बिरोध भएको हो । स्थानिय तह पुनर्सचना आयोगले फलेवास नगरपालिकाको केन्द्र साबिक खानिगाउँ गाविसको वडा कार्यालय तोकेको थियो । स्थानिय तहको निर्वाचन भएको छ महिना भित्र सामान्य बहुमतले र ६ महिना कटेपछि दुई तिहाईले केन्द्र परिर्वतन गर्न सक्ने कानुनी प्रावधान रहेको छ । तर नगरसभा छलि नगरपालिकाले केन्द्र हालको स्थान बाट सारि झकलक भन्ने स्थानमा परिर्वतन गर्ने निर्णय गरेको भन्दै नगरबासीले चर्को बिरोध जनाएका छन् । फलेवास नगरसभामा ६० जना  सदस्य छन् । तिनीहरु मध्ये उपप्रमुख सहति ३० भन्दा बढी नगर सभा सदस्यले केन्द्र परिर्वतन गर्ने प्रस्तावमा असहमती जनाएका छन् । फलेवास नगरपालिकाको केन्द्र परिर्वतन गर्न नगरसभाको दुई तिहाई मत आवश्यक पर्छ अर्थात ३७ जना नगरसभासदस्य त्यसको पक्षमा हुनुपर्छ । तर नगरसभाका आधा भन्दा बढि सदस्यले हालकै स्थानमा केन्द्र हुनुपर्ने बताएका छन् । नयाँ स्थानमा केन्द्र लैजाने प्रस्तावमा असहमति जनाएका छन् । उनीहरुले हालकै स्थानमा केन्द्र हुनुपर्ने बताएका छन् ।
     स्थानियवासीले हाल नगरपालिकाको केन्द्र रहेकै स्थानमा प्रशासनिक भवन बनाउन पर्याप्त जग्गा समेत प्रदान गरेका छन् । तर नगर प्रमुख शर्माले नगरपालिकाको लागि जग्गा पाश गर्न नमानेको तथा कार्यालयमा पुगेको पत्रको वेवास्ता गरेको भन्दै नगरसभा सदस्य तथा नगरवासीले आपत्ति जनाएका छन् ।
    केन्द्र परिर्वतन गर्ने सम्बन्धमा नगरसभा सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा कानुन विपरितको उक्त काम तत्काल रोकियोस् भनी निवेदन पेश गरेका छन् । फलेवास नगरपालिकाको केन्द्रको बिषयमा चर्को बिरोध तथा कानुन विपरित भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले केन्द्र परिर्वतन गर्ने बिषयलाई अध्ययन टोली पठाउने भनी पत्राचार गरेको छ । तर नगरपालिकाले उक्त पत्रलाई वेवास्ता गर्दै  गैर कानुनी ढंग बाट नयाँ स्थानमा प्रशासनिक भवन बनाउने भन्दै सुचना प्रकाशित गरेको छ ।
    नगरप्रमुख सहितका केहीँ वडाध्यक्षले निजी एवं राजनीतिक स्वार्थमा केन्द्र परिर्वतन गर्न लागेको भन्दै चर्को विवाद  सिर्जना भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार