पर्वत
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी पोखराचौरमा आकर्षक पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भएको पार्क विहिबार देखि सर्वसाधरणका लागि खुल्ला गरिएको हो । सार्वजनिक जग्गाको संरक्षण गर्दै खुला क्षेत्र विकास तथा हरियाली प्रवद्र्धन गर्ने योजना अनुरुप डिभिजन वन कार्यालय पर्वत मार्फत निर्माण भएको उक्त पार्कमा, बगैँचा सहित आई. लभ्. पोखराचौर लेखेको लभ स्टोन, सानो तलाउ र तलाउ भित्र दुर्गा देवीको मुर्ती राखिएको छ । त्यसमा भाग्यको फैसला हुने विश्वास मानिएको छ । पानी भित्रको मुर्तीमा सिक्का चढाउने व्यवस्था छ । माथी बाट चढाईएको सिक्का मुर्तीको पेरीफेरीमा अडिए भग्यमानी र सिधैँ तलाउको भुईमा परे कम भाग्यमानी मानिने भनिएको छ । त्यसै खेर गएको सार्वजनिक जग्गा अहिँले भने रमणिय नमूना पर्यटकिय स्थलको रुपमा विकास भएको छ । उक्त स्थान शान्त तथा अध्यात्मिक वातावरण खोज्नेहरुका लागि रोजाई बनेको छ । गाउँमा सुन्दर पार्क बने सँगै स्थानियवासी खुसी भएका छन् भने उक्त ठाउँको स्वरुपनै परिर्वतन भएको छ ।
हरियाली प्रवद्र्धन गर्ने, गाउँ तथा सहरको सौन्दर्य बढाउने र वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई आफुहरुले प्रथामिकता दिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रत्यक पालिकाका वडाहरुमा एक÷एक वटा यस्ता किसिमका पार्क आवश्यक रहेको चर्चा गर्दै प्रत्यक वडामा एक पार्क निर्माण गर्ने योजना अगाडी बढाउने समेत बताउनुभयो । थकाई मेटाउन, टहलिन र खुला ठाउँमा आनन्द लिन, सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग तथा ठाउँको सौन्दर्यीकरण गर्न प्रत्यक वडामा पार्क निर्माण गर्ने योजना अगाडी सार्ने सोँचमा छौं,’ उहाँले भन्नुभयो, ठाउँको ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज गर्न सानो सानो पोखरी संरक्षणलाई समेत हामीले ध्यान दिएका छौँ ।
मन्त्री लम्सालले यस चालु आर्थीक बर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्मित पोखराचौर दिवाकालिन सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो भने विहादी गाउँपालिका वडा नं. २ बराचौर स्थित शितल गुफामा निर्मीत भौतिक पूर्वाधारहरुको समेत उद्घाटन गर्नुभएको थियो ।