मंगलबार, मंसिर ११ गते २०८१

रानीपानी स्थित ऐतिहासिक पुरातात्विक महत्वको शिवालय गुफाको पुनः निर्माण शुरु

रानीपानी स्थित ऐतिहासिक पुरातात्विक महत्वको शिवालय गुफाको पुनः निर्माण शुरु

अखबार दैनिक
शनिबार, फागुन २९ २०७७
  • रानीपानी स्थित ऐतिहासिक पुरातात्विक महत्वको शिवालय गुफाको पुनः निर्माण शुरु

     पर्वत
    पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित एक सय ७६ बर्ष पुरानो ऐतिहासिक पुरातात्विक महत्वको गौरी शंकर महादेव शिवालय गुफाको पुनः निर्माणको काम शुरु गरिएको छ । २०७२ सालको विनासकारी भुकप्पले क्षेतीग्रस्त शिवालयको पुरा तत्व विभागले पुनः निर्माणको काम थालेको हो । उक्त शिवालय पुनः निर्माणको लागि पुरा तत्व विभागले चालु आर्थीक बर्षमा ३० लाख रकम विनियोजन गरेको छ । उक्त रकम बाट शिवालय, आश्रम, गेट लगाएतका संरचनाहरु निर्माण गरिने छ ।
    यस शिवालय लाई यस क्षेत्रकै महत्वपुर्ण धार्मीक स्थलको रुपमा समेत लिइन्छ ।  १९ सय सालमा स्थापना भएको उक्त शिवालयलाई १९९० को भुकम्पले समेत क्षेतविक्षेत बनाएको थियो । १९९० को भुकम्प पछि शिवालयलाई ३ सय मिटर माथी सारिएको थियो ।
    उक्त शिवालयको शिलान्यास गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री लम्सालले ऐतिहासिक धार्मीक महत्वको उक्त शिवालयले पर्यटन क्षेत्रमा ठुलो टेवा पुर्याउने बताउनुभयो । उक्त शिवालय  हिन्दु धर्मालम्बीहरुको आकर्षणको केन्द्र बन्न सक्ने धारणा राख्नुभयो । “हिन्दू धर्ममा कालीगण्डकीको ठूलो महत्व रहेको छ, यसैको किनारै किनार कालिगण्डकी करिडोर निर्माण भएको छ, मन्त्री लम्सालले भन्नुभयो” करिडोरको नजिकै रहेको यस शिवालयमा लाखौ धार्मिक पर्यटक आउन सक्छन्” । प्रसिद्ध मुक्तीनाथ तिर्थस्थलको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत यस शिवालयमा आउन सक्ने चर्चा गर्दै मन्त्री लम्सालले शिवालय लाई व्यवस्थित गर्न तर्फ स्थानियवासी लाग्नुपर्नेमा जोडदिनुभयो ।
    उहाँले पुरातात्विक महत्वको उक्त शिवालयलाई परम्परागत तथा प्राकृतिक ढंगबाटै निर्माण गर्न समेत आग्रह गर्दै मन्त्री लम्सालले यस्ता पुरातात्विक महत्वका संरचना संरक्षणमा ध्यान दिनुपर्नेमा समेत जोडदिनुभयो ।
    पर्वतको विहादी हुदै जाने भारत—चिन जोड्ने कालीगण्डकी करिडोरमा त्रिवेणीधामदेखि देवघाट, राम्दी, रानीमहल ऋषिकेश, सेतीवेनी शिला सालिग्राम, पर्वतको शहस्रधारा, बाग्लुङ कालिका, म्याग्दीको गलेश्वरदे्रश्वर शिवालय, मुक्तिनाथ क्षेत्र, शिवको शिर दामोदर कुण्डलगायत सयौ हिन्दु तिर्थ स्थलहरू रहेका छन् भने उक्त शिवालय पनि कालिगण्डकी करिडोर नजिकै पर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार