पोखराको लेकसाईडमा ह्वाईट फिस् होटल सञ्चालनमा आएको छ । पर्यटकलाई लक्षित गरि आरामदायी सेवा सहितको होटल कोभिड १९ पछि शनिवार देखि सञ्चालनमा ल्याईएको हो । उक्त होटलमा स्वादिष्ट अर्गानिक खानाका साथै आरामदायी वसको प्रवन्ध गरिएको छ । करिब २१ बर्ष देखि अमेरिकामा रहदै आउनुभएका पोखरा महानगरपालिका वडा नं. ३१ निवासी कृष्ण सुनारले लेकसाईडमा ह्वाईट फिस् होटल सञ्चालनमा ल्याउनुभएको हो । होटल अत्याधुनिक सेवा सुविधा तथा नयाँ व्यवस्थापनबाट सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । ‘हामी पाहुनालाई होटलमा स्वागत गर्न आतुर छौं,’ उहाँले भन्नुभयो, ‘यस होटलमा पाहुनालाई न्यानो आतिथ्यता प्रदान गरेर मन जित्ने बनाउनेछौं ।’ सुनारका अनुसार अमेरिकाको ह्वाईट फिस् सिटीको नाम बाट उक्त होटलको नाम राखिएको हो ।
उक्त होटलको शनिवार बरिष्ठ कलाकार शुनिल थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै थापाले पर्यटकीय नगरी पोखरामा नयाँ नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउनु सोभनिय रहेको चर्चा गर्दै ह्वाईट फिस् होटलले होटल तथा रिसोर्टहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सक्नुपर्नेमा जोडदिनुभयो । उहाँले पोखरा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको आकर्षण गर्न आरामदायी वास र अर्गानिक स्वादिष्ट खाना तर्फ होटल व्यवस्थापकले ध्यान दिनुपर्ने बताउनुभयो ।
हस्पिटालिटी क्षेत्रमा लामो समय अमेरिकाको अनुभव संगालेका व्यक्तिहरुको व्यवस्थापनबाट सञ्चालन भएपछि उक्त होटलमा धेरै पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।