शुक्रबार, असोज ४ गते २०८१

ममाथि शारीरिक हमला हुनसक्छ, अनौठो नमान्नु: प्रधानमन्त्री

ममाथि शारीरिक हमला हुनसक्छ, अनौठो नमान्नु: प्रधानमन्त्री

अखबार दैनिक
सोमबार, फागुन १७ २०७७
  • ममाथि शारीरिक हमला हुनसक्छ, अनौठो नमान्नु: प्रधानमन्त्री

    काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने भन्दै कार्यकर्तालाई सतर्क गराएका छन् ।

    images

    पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ममाथि शारीरिक हमला हुनसक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु ।’

    केही देशी–विदेशी शक्तिले निरन्तर प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहसम्म पुग्नसक्ने भन्दै उनले आफूले देश र नागरिकको पक्षमा काम गरेको काम देख्न नसकेको दावी गरेका छन ।

    ‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने, ‘म रहिनँ भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ