काठमाडौं, १७ फागुन । पेसागत महासंघ नेपाल र राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । सोमबार काठमाडौंमा तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच एकता घोषणा भएको हो ।
२०७५ जेष्ठ ३ गते तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएपनि दुई पार्टी निकट पेसागत संगठनबीचको एकता भने टुंगिन बाँकी रहेको थियो ।
नेकपा प्रचण्ड र माधव नेपाल समूह निकट दुई महासंघबीच एकता भएको एकतामा केपी ओली समूह निकट पेसागत महासंघका भने नेता कार्यकर्ताको सहभागी छैन ।