शनिबार, जेठ ५ गते २०८१

बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ

बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ

अखबार दैनिक
सोमबार, फागुन १७ २०७७
  • बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ

    गोरखा, १७ फागुन । १३ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ परेका छन् ।

    images

    गण्डकी गाऊँपालिका वडा नम्वर ४ सिमलखण्डका केदारप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    उक्त वडास्थित गैरीगाउँकी एक बालिकालाई पटक-पटक बलात्कार गरेको भन्दै प्रहरीले ८७ बर्षका केदारप्रसाद देवकोटालाई पक्राउ गरेको हो ।

    गोठालो जाँदा वृद्ध देवकोटाबाट बलात्कारको शिकार हुने गरेको भन्दै पिडितकी ठुलीआमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

    फागुन १६ गते परिवारले प्रहरीमा दर्ता गराएको जाहेरीका आधारमा पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    बृद्धविरुद्ध जिल्ला अदालत गोरखामा जवरजस्ती करणी मुद्धा दर्ता गरि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार