सोमबार, मंसिर १० गते २०८१

राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

अखबार दैनिक
सोमबार, फागुन १७ २०७७
  • राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आव्हान

    काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    images

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

    press.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार