शुक्रबार, मंसिर ७ गते २०८१

प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

अखबार दैनिक
सोमबार, फागुन १७ २०७७
  • प्रचण्ड-माधव समूहको  स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

    काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

    images

    आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

    साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार