रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले आयोजना गरेको समावेशी कार्यक्रम तथा समाचारको बिषय छनौट र समुदायको सहभागीता विषयक अन्तरक्रिया तथा तालिम पोखरामा शुरु भएको छ । त्रिदिवसीय समावेशी कार्यक्रम तथा समाचारको बिषय छनौट र समुदायको सहभागीता विषयक अन्तरक्रिया तथा तालिमको उद्घाटन आईतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले रेडियो नेपालको उपस्थितीलाई अझै बलियो बनाउनुपर्नेमा जोडदिनुभयो । उहाँले सरकारले सञ्चालन गरेको रेडियो सँग धेरै सामथ्र्य रहेको चर्चा गर्दै रेडियो नेपाललाई राष्ट्रकै दरिलो सञ्चार माध्यमको रुपमा उभ्याउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले रेडियो नेपालको कार्यक्रमहरुलाई प्रभावकारी बनाउन तथा यसको साख जोगाउन समय सापक्ष अनुसार प्रविधी सँग जोड्दै लैजानुपर्ने बताउनुभयो । “ मिडियाहरुको भिडमा रेडियो नेपालले आफुलाई अब्बल दर्जाको रुपमा साबित बनाउनुपर्छ,मुख्यमन्त्री गुरुङले भन्नुभयो” लाखौँ ताराहरुको बचिमा रेडियो नेपाल चन्द्रमा बन्न सकोस्” ।
रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउनको लागि नागरिकलाई सू–सुचित पार्ने र नराम्रो पक्षको खबरदारी गर्नको लागि पनि ठूलो भूमिका खेल्नेभन्दै मुख्यमन्त्री गुरुङले विभिन्न भाषामा सामग्री प्रसारण गर्ने हुनाले रेडियो नेपाल बाट प्रसारित सामग्रीहरु समावेशी, सत्य, तथ्य तथा विश्वसनिय हुनुपर्नेमा जोड दिनुभयो । नागरिकको चासो र जनविश्वास गुम्न नदिने गरि जनताले चाहेका र रुचाएका सामग्री प्रशारण गरेर रेडियो नेपालले आफ्नो छुट्टै पहिचान बनाउनुपर्नेमा जोडदिनुभयो ।
रेडियो नेपाल आपैmले सञ्चालन गरेका कार्यक्रमहरू स्तरीय तथा प्रभावकारी छन भन्ने सन्देश जनता माझ दिने गरि कार्यक्रमलाई सुधार र परिमार्जन गर्नेतर्पm पनि ध्यान दिन उहाँले आग्रह समेत गर्नुभयो ।
सोही अवसरमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले रेडियो नेपालले रेडियो कार्यक्रमप्रतिको जनरुचि तथा सत्य, तथ्य समाचारहरु सम्प्रेषण गर्दै समय सापक्ष अनुसार प्रविधिको भरपुर उपयोग गरि आफुलाई अब्बल दर्जामा साबित गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो नेपालका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले रेडियो नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धी बहादुर केसीले रेडियो नेपालका हरेक कार्यक्रमलाई सरल र सहज बनाउन प्रविधिको रुपान्तरण सँगै रेडियो लाई थप परिस्कृत गर्दै लैजाने तयारी गरेको बताउनुभयो । उहाँले रेडियोका हरेक कार्यक्रमहरुलाई थप प्रभावकारी ढंग बाट सुन्ने मात्र नभई हेर्न मिल्ने समेत बनाउने नयाँ कार्ययोजनाका साथ अगाडी बढेको बताउनुभयो । उहाँले रेडियो नेपालले आफ्ना कार्यक्रमहरुलाई प्रभावकारी बनाउन नयाँ ऐन, कानुन, नीति र योजनाहरूको खाका कोरिसकेको बताउनुभयो । नेपाल जस्तो धेरै थरीका भाषाभाषी भएको मुलुकका समुदायलाई लक्षित गरि रेडियो नेपालले २१ भाषमा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको जानकारी दिनुभयो ।
तीन दिन सञ्चालन हुने उक्त तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका रेडियो नेपालमा कार्यरत रिपोर्टरहरु तथा प्रादेशिक कार्यालय पोखरामा कार्यरत सञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको छ । तालिमको पहिलो दिन आज विभिन्न विदाका भाषा विज्ञहरु जुना कुमारी गुरुङ, लोक बहादुर थापा लगायतले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
तालिमको समापन जर्नादन विष्टले गर्नुभएको थियो भने स्वागत सुर्यन्द्र प्रसाद यादव र कार्यक्रम सञ्चालन हरि गिरीले गर्नुभएको थियो ।