शुक्रबार, असोज ४ गते २०८१

भारतसंग किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

भारतसंग किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

अखबार दैनिक
आइतबार, फागुन ९ २०७७
  • भारतसंग किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

    काठमाडौं, ९ फागुन । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

    images

    आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

    सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् काठमाडौं ल्याईएको हो ।

    उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन ।

    यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ