शुक्रबार, असोज ४ गते २०८१

ओली समूहको विराटनगरमा सभा : कुन-कुन नेताले सम्बोधन गर्नेछन् ?

ओली समूहको विराटनगरमा सभा : कुन-कुन नेताले सम्बोधन गर्नेछन् ?

अखबार दैनिक
शनिबार, फागुन ८ २०७७
  • ओली समूहको विराटनगरमा सभा : कुन-कुन नेताले सम्बोधन गर्नेछन् ?

    नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए।

    images

    विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए। आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन्।

    सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए। सवारी साधन तथा पैदल हिँडडुल गर्ने र शंकास्पदमाथि निगरानी एवं चेकजाँच बढाइएको छ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ। दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन्।

    दाहाल-नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ