शुक्रबार, असोज ४ गते २०८१

सरकारकाे निर्णयविरुद्ध अदालत जान्छु: निवर्तमान प्रदेश प्रमुख परियार

सरकारकाे निर्णयविरुद्ध अदालत जान्छु: निवर्तमान प्रदेश प्रमुख परियार

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • सरकारकाे निर्णयविरुद्ध अदालत जान्छु: निवर्तमान प्रदेश प्रमुख परियार

    प्रदेश २ को प्रमुखबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू अचम्ममा परेको बताएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘अचानकै यो सरप्राइज्ड निर्णय मन्त्रिपरिषद्ले गरेको छ। राष्ट्रपति कार्यालयबाट मकहाँ पदमुक्त गरिएको पत्र समेत आइपुगेको छ । मलाई यसका बारेमा अग्रिम कुनै संकेत समेत दिइएको थिएन।’

    images

    आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै परियारले भने,‘म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिएँ। यो गुट उपगुटको राजनीतिमा मलाई आशंकाको भरमा पदमुक्त गरिएको हो।’

    उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए। आफूलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिइएन, उनले भने,‘मलाई कुनै किसिमको वार्निङ्ग समेत उहाँहरुले दिनुभएको छैन। मैले इमान्दारीपूर्वक निष्पक्षता र तटस्थताको भूमिका निभाउँदै आएको थिएँ। पूर्व माओवादीबाट आएको भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण छ। म गुट र उपगुटमा अहिलेसम्म कहीँ पनि खुलेको छैन।’

    उनले भने, ‘कमसेकम मलाई स्पष्टीकरण दिने अवसर समेत समय दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानुनी उपचार खोज्छु। म दलित समुदायको पात्रमाथि सरकारले यसप्रकारको अपर्झट निर्णय गरेपछि सबैलाई सरप्राइज बनाएको छ। यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समुदाय माथिको आक्रमण हो ।काठमाडौं फर्केपछि अब अदालत जान्छु’, उनले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ