शुक्रबार, असोज ४ गते २०८१

सर्वाेच्चकाे बहस सकियाे, अब फैसलाकाे प्रतीक्षा

सर्वाेच्चकाे बहस सकियाे, अब फैसलाकाे प्रतीक्षा

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • सर्वाेच्चकाे बहस सकियाे, अब फैसलाकाे प्रतीक्षा

    संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो।

    images

    बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन्।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानून व्यवसायीले बहस गरेका थिए।

    त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो। पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियो भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घोषणा गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ