काठमाडौं, ७ फागुन । सरकारले बैशाख १७ र २७ मा तोकेको निर्वाचन हुने, नहुने निश्चित हुन नसकिरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले आगामी वैशाख १७ र २७ मा निर्वाचन हुने भन्दै निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वानसमेत गरेका छन् ।
प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने दायित्व पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।
थपलियाले निर्वाचनका लागि विभिन्न तयारीहरु जारी राखिएको समेत उल्लेख गरेका छन् ।
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।
नेपालमा वि।सं। २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै २०७३ देखि फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालेको हो ।