शुक्रबार, असोज ४ गते २०८१

हुम्लामा १२ घण्टासम्म लोडसेडिङ : स्थानीयवासी आन्दोलित

हुम्लामा १२ घण्टासम्म लोडसेडिङ : स्थानीयवासी आन्दोलित

अखबार दैनिक
बिहीबार , माघ २९ २०७७
  • हुम्लामा १२ घण्टासम्म लोडसेडिङ : स्थानीयवासी आन्दोलित

    हुम्लामा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएपछि थालेपछि स्थानीयवासी आन्दोलित भएका छन्।

    images

    हुम्लाको सदरमुकाम सिमकोटमा दिनको तीन पटकसम्म गरेर १२ घण्टाभन्दा बढी विद्युत कटौती भएपछि स्थानीयवासीले विद्युत् कार्यालय घेराउ गरेका छन्।

    नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका-६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गरेका हुन्।

    दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि ४ बजेदेखि राति १० बजेसम्म सँधैजसो नै विद्युत कटौती हुने गरेको स्थानीयको गुनासो छ।

    विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या भएका स्थानीय महिला हंसकला रोकायाले बताइन्। लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरिन्।

    दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए।

    नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए।

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ