शुक्रबार, असोज ४ गते २०८१

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न दबाब

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न दबाब

अखबार दैनिक
बिहीबार , माघ २९ २०७७
  • रामकुमारी झाँक्रीलाई पक्राउ गर्न दबाब

    महानगरीय प्रहरी अपराध महाशाखाले नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ। महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बोलाएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।

    images

    राष्ट्रपतिविरुद्ध लगातार आपत्तिजनक कुराहरु बोलेपछि उनलाई सोधपुछका लागि बोलाइए हो। महाशाखाका प्रवक्ता कोइरालाले भने, ‘राष्ट्रपतिविरुद्ध लगातार आपत्तिजनक अभिव्यक्ति दिएपछि उहाँलाई सोधपुछका लागि बोलाइएको हो। दश बजे बोलाइएकोमा उहाँ अहिलेसम्म उपस्थित हुनुभएको छैन।’

    यसबारे लिखित उजुरी भने नपरेको उनको भनाइ छ। केही दिनअघि गोरखाको एक कार्यक्रममा रामकुमारीले राष्ट्रपति भण्डारीबारे आपत्तीजनक र महिला हिंसा हुने खालको अभिव्यक्ति दिएको भन्दै उनको आलोचना हुँदै आएको छ। उनले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

    उनले राष्ट्रपतिको आलोचना गरेपछि प्रधानमन्त्री ओलीनिकट महिला संघले झाँक्रीलाई कारबाहीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो। बुधवार प्रचण्ड-नेपाल समुहले गरेको कार्यक्रम पनि उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्। स्रोतका अनुसार बालुवाटारबाट झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई लगातार दबाब आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ