शुक्रबार, असोज ४ गते २०८१

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय

अखबार दैनिक
बिहीबार , माघ २९ २०७७
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय

    नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ ।

    images

    बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

    खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

    निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ