शुक्रबार, वैशाख २१ गते २०८१

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ {नेल्टा }को केन्द्रीय समितिको दोस्रो बैठक सम्पन्न

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ {नेल्टा }को केन्द्रीय समितिको दोस्रो बैठक सम्पन्न

अखबार दैनिक
बुधबार, माघ २८ २०७७
  • नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ {नेल्टा }को केन्द्रीय समितिको दोस्रो बैठक सम्पन्न

    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ [ नेल्टा ] को केन्द्रीय समितिको दोस्रो बैठक धुलिखेल काभ्रेमा सम्पन्न भयो । उक्त बैठकमा मिति २०७७ साल जेष्ठ मसान्त भित्र ७ वटै प्रदेशको भेला अधिवेशन सम्पन्न गरिने गण्डकी प्रदेशको भेला  दोश्रो केन्द्रिय कार्य समितिको बैठक मिति २०७७।१०।२५ र २६ गते सारथी रिशोर्ट भेला अधिवेशन सम्पन्न गरिने गण्डकी प्रदेशको भेला अधिवेशन भने २०७७ चैत्र ०६ गते पोखरामा गर्ने । स्थानिय पालिका स्तरीय समितिहरु २५ पालिकामा गरिएको अरु बाकि पालिकाहरुमा समेत गर्दै जाने ।निजामती सेवा एने नहुँदा राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास तथा समायोजना लगायत समस्या देखिएकाले अविलम्व सरकारले सो ऐन ल्याउनुपर्ने माग गरिएको छ । यसैगरी प्रदेश सरकारलाईहरुलाई समेत प्रदेश लोकसेवा गठन गरेर अस्थायी, ज्यालादारी तथा करार सेवाका कर्मचारीको स्थायी पदपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराउने । भेटेरीनरि औषधि पसल दर्ताको प्रकृया एवम अभिमुखिकरण संचालनको लागि ध्यानाकार्षण गराउने सम्बन्धित निकायमा । प्राविधिकहरुको उच्च शिक्षा हासिल गर्नको लागी जस्तै ISC AG VET/ BVSC & AH/ BTECH  लगायतको विषयहरुमा छात्रवृतिमा अध्ययन गराउनको लागि बजेट ब्यवस्थापन गर्न सम्बन्धित निकाय मन्त्रालय पशु सेवा विभागमा ध्यानाकर्षण गराउने निर्णय गरिएको छ। नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार