शुक्रबार, असोज ४ गते २०८१

प्रधानमन्त्रीसँग अर्को संविधान छ : शम्भु थापा

प्रधानमन्त्रीसँग अर्को संविधान छ : शम्भु थापा

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • प्रधानमन्त्रीसँग अर्को संविधान छ : शम्भु थापा

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा संविधानविपरीत भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता थापाले संविधानबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका छन्।

    images

    प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि कति समय लिन लागेको हो भनेर थापालाई सोधेका थिए। त्यसक्रममा संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए। सोमबारको सुनुवाइका क्रममा थापाले अगाडि भने, ‘मैले नयाँ कुरा गर्छु भन्ने होइन। यत्रो मित्रहरूले गरिसक्नुभयो । संविधान श्रीमानहरूबाट पल्टाएर प्रश्न आइरहेको छ। संविधान त्यै हो।’

    प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले कटाक्ष गरेका हुन्। ‘प्रधानमन्त्रीसँग अर्को संविधान छ। संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो। नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो।’ संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको थापाको भनाइ थियो। ‘संविधान त एउटै हो, संविधानले बेलाबेलामा बोली फेर्नु ठीक भएन। सभासद् भएर हिजो शपथ लिने, कानुनमन्त्री बन्ने पनि त्यसरी व्याख्या गर्ने ! त्यसको हैसियत म व्याख्या गरौंला नि श्रीमान् !,’विगतमा कानुनमन्त्री भएका महान्यायाधीवक्ता खरेलतर्फ इंगित गर्दै थापाले भने, ‘पदमा जाने गइसकेर लिड ९नेतृत्व० गरेर बोल्ने अनि अर्को बाटोबाट फाल्न पाइँदैन नि । हामीलाई त जे संविधान दिएको छ त्यसैको लागि इजलास बसेको छ।’

    संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको थापाको भनाइ थियो। संविधानको अन्तिम व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको र त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने थापाको भनाइ थियो। ‘श्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो। विश्वास आफ्नो हो। आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो,’ उनले भने।

    सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ रु र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन्। यसअघि बहसमा सहभागी भएका अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्रीले संविभान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ