शुक्रबार, असोज ४ गते २०८१

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दिए : प्रधानमन्त्री ओली

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दिए : प्रधानमन्त्री ओली

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दिए : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समुहलाई निर्वाचन आयोगले आयोगले उचित जवाफ दिएको बताएका छन् ।

    images

    सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताएका हुन् ।

    उनले भनेका छन् ‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्षसध्यक्ष कोही भएका छैनौ भनेर ।’ उनले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समुहलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।

    कार्यक्रर्म सम्बोधनका क्रममा ओलीले आफूले नभइ पार्टी फुटाउन उनीहरुनै लागेको आरोप पनि लगाए

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ