शुक्रबार, असोज ४ गते २०८१

काँग्रेसको प्राथमिकता चुनाव होइनः कोइराला

काँग्रेसको प्राथमिकता चुनाव होइनः कोइराला

अखबार दैनिक
शनिबार, माघ १० २०७७
  • काँग्रेसको प्राथमिकता चुनाव होइनः कोइराला

    नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।

    images

    कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे।

    ‘हाम्रो आग्रह संसद पुनस्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनस्थापना हु्नुपर्छ भन्ने हो।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली संकलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए।

    ‘जिल्ला-जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’ मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइराला सहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ