शुक्रबार, असोज ४ गते २०८१

ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौंः भुसाल

ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौंः भुसाल

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौंः भुसाल

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित विरोधसभामा नेता भुसालले असंवैधानिक कदम चालेका ओलीको पराजय निश्चित भएको बताए।

    images

    उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पराजित गर्नुको विकल्प छैन, उहाँको विरोधमा लाखौं मानिस लागि परेका छन्।’ भुसालले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए। उनले भने, ‘अब अर्को ओली हाम्रो पार्टीमा जन्मिन दिँइदैन। ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिन्छ।’

    उनले प्रधानमन्त्री ओली साइबर स्यालका नेता भएको बताए। यसबाहेक ओलीसँग सेटिङ बाँकी रहेको नेता भुसालले बताए। उनले भने, ‘तपाईंका सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ। सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ।’

    ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने उनको भनाइ थियो। आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म ओलीले चुनाव नगराउने दावी उनले गरे। भुसालले भने, ‘चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ। संविधान च्यातेर यो चुनाव हुने वाला छैन। म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन्।’

    उनले अब आफूहरुले नेकपालाई सुधारिएको पार्टी बनाउने जिकिर गरे। उनले भने, ‘हामी अब राज्यको दोहन गरेर खाने, राज्य लुटेर खाने पार्टी बनाउने छैनौं। हामी यस्तो पार्टी बनाउँछन्, जहाँ हरेक मान्छेले आफ्नो कमाई खाने पार्टी बनाउँछन्। हामी प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पार्टी बनाउने छौं। अब अर्को ओली फेरि नजन्मियोस् भन्नको लागि हामी सचेत छौं।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ