शुक्रबार, असोज ४ गते २०८१

ओली नेकपा अध्यक्ष हुँदा पार्टी चलेन, उखान-टुक्का मात्रै चल्यो : माधव नेपाल

ओली नेकपा अध्यक्ष हुँदा पार्टी चलेन, उखान-टुक्का मात्रै चल्यो : माधव नेपाल

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • ओली नेकपा अध्यक्ष हुँदा पार्टी चलेन, उखान-टुक्का मात्रै चल्यो : माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले नेकपाको पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा पार्टी नचलेर उखान टुक्का मात्र चलेको बताएका छन् ।

    images

    उनले ओली अध्यक्ष हुँदा पार्टी नचलेको भन्दै प्रधानमन्त्री हुँदा उखानटुक्का मात्र चलेको बताए। केपी ओली अध्यक्ष रहँदा पार्टी पनि चलेन। मूलुक चल्ने त कुरै भएन, नेपालले भने, ओलीको उखान-टुक्का चलिरहेको थियो ।

    प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सम्वोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। नेपालले राजनीतिक सहकार्यको ५० वर्षसम्म केपी ओलीले दुस्ख मात्रै दिएको बताए ।

    नेता नेपालले केपी ओली हिटलरी नाजिवादको नेपाली संस्करण भएको बताए। पार्टीमा अप्ठ्यारो पर्योद पार्टी नै सिध्याइदिने, संसद्ले अप्ठ्यारो पार्छ भन्ने लाग्यो प्रतिनिधिसभा नै सिध्याइदिने, नेपालले भने, हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ