शुक्रबार, असोज ४ गते २०८१

नाजीवादको नेपाली संस्करण केपी ओली हुन्ः नेपाल

नाजीवादको नेपाली संस्करण केपी ओली हुन्ः नेपाल

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • नाजीवादको नेपाली संस्करण केपी ओली हुन्ः नेपाल

    नेकपाका अध्यक्ष माधवकुमार नेपालले शुक्रवारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन्। तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ।’

    images

    ओ‌लीले संविधान मिचेर तानाशाही बनेको भन्दै उनको कदम कुनै पनि हालतमा सच्याउनुपर्ने माग गरे। त्यसका लागि आफ्नो समूहको आन्दोलन सशक्त हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीको कम्युनिस्ट चरित्र क्षयीकरण हुँदै गरेको नेता नेपालको भनाइ छ। त्यही कारणले नेकपाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी अनुशासनमा कारबाही गरेको उनको भनाइ छ।

    नेपालले प्रधानमन्त्री ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाए। उनले हिट्लर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन्।

    उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायित्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन्। उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताए।

    नेपालले प्रधानमन्त्री ओलीले जनतालाई दास ठानेको बताए। ओली सिद्धान्तनिष्ट नेता नभएको भन्दै कम्युनिस्ट चरित्रबाट समेत क्षयीकरण हुँदै गएको बताए। संसद् विघटनको ओलीको कदम संवैधानिक ‘कू’ भएको उनले बताए। पाँच दशकसम्म केपी ओलीले सधैँ हैरानी दिएको उनले बताए।

    पार्टीको मूल्य र सिद्धान्तभन्दा बाहिर गएर ओलीले जहिल्यै हैरानी दिएको अध्यक्ष नेपालको भनाइ छ। ‘पचास वर्षको सम्बन्धमा ओलीले जहिले हैरानी दिए मैले फकाउने र मिलाउने काम मात्रै गरेँ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ