शुक्रबार, असोज ४ गते २०८१

ओली देशमा भाँडभैलाे मच्चाउन व्यस्त छन् : वर्षमान पुन

ओली देशमा भाँडभैलाे मच्चाउन व्यस्त छन् : वर्षमान पुन

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • ओली देशमा भाँडभैलाे मच्चाउन व्यस्त छन् : वर्षमान पुन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री वर्षमान पुन(अनन्त)ले केपी शर्मा ओलीले देशमा अस्थिरता चाहानेहरुको डिजाइनमा असंबैधानिक रुपमा प्रतिनिधि सभा विघठन भएको बताएका छन्।

    images

    सोमबार विजुवारमा भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला संगठन समिटिको अनौपचारिक विस्थारित बैठकमा बोल्दै गणतन्त्र विरोधी र कम्युनिष्ट आन्दोलनको बदनाम गर्न खोज्नेहरुको इसारामा संविधान निमोठ्ने प्रयास गरेको जिकिर गरे।

    गणतन्त्र ल्याउने आन्दोलनलाई बयलगाढामा चढेर अमेरिका पुगिदैन भन्ने ओलीलाई सुध्रे भनेर प्रधानमन्त्री बनाएकोमा गणतन्त्र र संविधानको घाँटी निमोठ्न उद्ध्त भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले सोही कारण पनि गणतन्त्र विरोधीको इच्छा पूरा गर्न एक वर्ष देखि विधि, पद्धति मिच्दै आएकोमा पछिल्लो समय असंवैधानिक कदम चालेको प्रस्टाए। पुनले भने, अलोकतान्त्रिक र असंवैधानिक रुपमा गरेको संसद विघटनलाई ढाकछोप गर्न केपी ओली समूहले पदीय झगडालाई आवरण बनाएको छ।’

    नेता पुनले संविधानको रक्षा, विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको पनि बताए। विचार, विधि र पद्धतिमा नअडिएका ओलीलाई अध्यक्षबाट कारवाही गरिएकोमा गलत कदमलाई सही भन्नेहरु नेकपा विभाजन भयो भनेर बाहिरिन मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको उनको भनाई छ।

    नेता पुनले आफ्ना उपाध्यक्ष वामदेव गौतमलाई ओलीले दिएको झुटो आश्वासनको आधारमा कार्यकारी अध्यक्षको दाउ राखी पार्टी एकता कायम राख्छु भन्नु अहिलेको परिरिस्थतिमा उचित नभएको बताए।

    यो संविधानको रक्षा गर्न प्रधानमन्त्रीको असंबैधानिक कदमको विरुद्धमा एक जुट हुनु पर्ने समय हो’ नेता अनन्तले भने, संविधान बचे, आन्दोलन बच्ने छ।’ उनले थपे,गलत काम नसच्याएर पार्टी एकता कायम राख्छु भन्ने मुर्खता बाहेक केही हुन सक्दैन्।’

    नेकपा नेता अनन्तले प्रधानमन्त्री ओलीले तथ्यहीन बाहनाबाजीका आधार मानेर गरिएको प्रतिनिधि सभाको विघठन असंवैधानिक भएको भन्दै अदालतले त्यसलाई बदर गरिदिने दावी गरे। पार्टी एकता र विकास गर्न अर्का अध्यक्ष प्रचण्डले ओलीलाई सहजीकरण गर्दा गर्दै ओलीले सनकका भरमा संसद विघठन हुनुले सिंगो संविधान संकटमा परेको जिकिर गरे।

    पार्टीको आधिकारिकता र चुनाव चिन्हमा दुई तिहाई बहुमत सदस्य प्रचण्ड– नेपाल समुहमा रहेको बताउँदै पुनले निर्वाचन आयोगलाई विलम्ब नगर्न आग्रह समेत गरे। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्त, लुम्बिनी प्रदेश सह–इन्चार्ज ठाकुर प्रसाद गैरे, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानकाको जिल्ला स्तरीय विस्तारिक बैठकका लागि प्यूठान आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ