शनिबार, मंसिर ८ गते २०८१

संसद बिघटन देश र जनताको हितविपरित : चित्रबहादुर केसी

संसद बिघटन देश र जनताको हितविपरित : चित्रबहादुर केसी

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • संसद बिघटन देश र जनताको हितविपरित : चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसँगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताएका छन् ।

    images

    भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको दावी गरे। अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरित रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गरे।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताए।

    ओली र प्रचण्डको स्वार्थ पूरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताए।

    सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छिटो समयमा नै नेकपामा विवाद आएको हो भने। उनले सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताए।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले संविधान बनाउंदा नीतिगत बदमासी भएकाले ति बदमासीका कारण अहिले देशले समस्या भोग्नु परेको तर्क गरे। हाल सम्मका उपलव्धीहरुको रक्षा गर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिए।

    संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको भन्दै व्यङे गरे। बामपन्थी नेता सुरेश थापाले अहिलेको संविधान, व्यवस्था र सरकारले जनताको पक्षमा कामगर्न नसक्ने बताए।

    जनतका माग पूरा गर्नका लागि जनवादी गणतन्त्र व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि अहिलेको प्रगतिशील संविधानलाई टेकेर जनवादी क्रान्तिको बाटोबाट अगाडी बढ्नुपर्नेमा जोड दिए। बामपन्थी बुद्धिजिवी दुर्गानाथ खरेलले प्रधानमन्त्री ओलीको संसद विघटन अधिकायकवादी कदम भएको उल्लेख गर्र्दै ओलीको कदमले देशमा अधिनायकबादी व्यवस्था आउन सक्ने भएकाले जनतलाई सचेत गराउनुपर्ने बताए।

    उनले कांगे्रस पुरानो कम्युनिष्ट बिरोधी शक्ति भएकाले कांगे्रसका बिरुद्व कम्युनिष्ट एकता आजको आवश्यक्ता भएको बताए।

    राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र नेत्र आचार्यको सञ्चालनमा भएको कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, चेतनाथ आचार्य लगायतले बोलेका थिए। सरकारको असंवैधानिक कदम, संघीयता बिरुद्व र राष्ट्रियता, धर्मनिरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाले विशेष एक महिने अभियान सञ्चालन गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ