शुक्रबार, असोज ४ गते २०८१

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय लिएर दाहाल-नेपाल समूह बालुवाटारमा

ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय लिएर दाहाल-नेपाल समूह बालुवाटारमा

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय लिएर दाहाल-नेपाल समूह बालुवाटारमा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

    images

    संसद विघटनसँगै विभाजित नेकपाको दाहाल-नेपाल समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

    सो निर्णय दाहाल-नेपाल समुहका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले दिएको जानकारी अनुसार निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ