सोमबार, मंसिर १० गते २०८१

मन्त्री लम्साल बजार अनुगमनमा, जथाभावि मूल्य वृद्धि गर्नेलाई कार्वाही गर्ने चेतावनी

मन्त्री लम्साल बजार अनुगमनमा, जथाभावि मूल्य वृद्धि गर्नेलाई कार्वाही गर्ने चेतावनी

अखबार दैनिक
आइतबार, माघ ४ २०७७
  • मन्त्री लम्साल बजार अनुगमनमा, जथाभावि मूल्य वृद्धि गर्नेलाई कार्वाही गर्ने चेतावनी

    रासस

    images

    पोखरा 
    गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले बजारमा विभिन्न नाममा हुने गरेका मूल्यबृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
    गण्डकी प्रदेश सभाको विशेष बैठक एवम् सञ्चार माध्यममा प्रकाशित सुचनाको आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूलो पसलहरुको अनुगमन गर्दै उहाँले जथाभावि गरिने मूल्य वृद्धि नियन्त्रण गर्दै दोषीमाथी कार्वाही गरिने बताउनुभयो ।
     “व्यापारिले होलसेल नाफा मूल्य सूचिभन्दा बढी रकममा बिक्री वितरण गरेमा कडा भन्दा कडा कार्वाही गरिने छ” उहाँले भन्नुभयो, “बजारमा तोकिएको तौल र गुणस्तरमा कुनै पनि सम्झौता हुने छैन ।”
    सरोकारवाला कार्यालयले बजार अनुगमनलाई तिब्रता दिंदै सरकारकारलाई सहयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले सत्य तथ्य र वस्तुनिष्ट समाचार सम्प्रेसण गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
    टोलीले पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाईवयर एण्ड सप्लायर्स र पोखरा ८ स्थित के.एल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरेको थियो ।
    अनुगमनका क्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलिईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।
    अनुगमनका क्रममा देखिएका पसल सञ्चालकलाई तीन दिन भित्र सामाग्री सहित सम्वनिधत कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउँदै उहाँले सरोकारवाला कार्यालयको संयुक्त टोलीले आवश्यकता अनुसार अनुगमलाई तिब्रता दिंदै आएको उल्लेख गर्नुभयो ।
    टोलीमा सहभागि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले छिमेकी मुलुक भारतको किसान आन्दोलनका कारण कतिपय कच्चा पदार्थ आयात हुन नसक्दा खानेतेल बजारमा अभाव हुनुको साथै मूल्य वृद्धि भएको हुँदा आवश्यक कच्च पदार्थ मुलुक भित्रै उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै बजारमा विभिन्न कम्पनीका खानेतेलमा प्रतिलिटर ३० रुपैया सम्म मुल्य वृद्धि भएको पाइयो ।
    अनुगमन टोलीमा उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय, खाद्य निरिक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार