मंगलबार, वैशाख १८ गते २०८१

सीमा समस्या समाधान गर्न दुई देश सहमत - परराष्ट्रमन्त्री ज्ञवाली

सीमा समस्या समाधान गर्न दुई देश सहमत - परराष्ट्रमन्त्री ज्ञवाली

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • सीमा समस्या समाधान गर्न दुई देश सहमत - परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका उनी शनिवार स्वदेश फर्किएका हुन् ।

    images

    भारत भ्रमण सकेर स्वदेश आएका ज्ञवालीले पत्रकारसँग कुरा गर्दै नेपाल र भारतबीचको सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको बताए ।

    उनले भ्रमण्णबाट दुई देशबीचको घनिष्ठ, मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको बताए । उनले कोरोना भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देशबीच छलफल भएको बताउदै उनले यसमा भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए ।

    उनले दुई देशबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति जुटेको बताए ।

    त्यस्तै कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने बिषयमा कुराकानी भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ