शुक्रबार, असोज ४ गते २०८१

प्रचण्ड-माधवलाई सुवास नेम्वाङको कठोर जवाफ

प्रचण्ड-माधवलाई सुवास नेम्वाङको कठोर जवाफ

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रचण्ड-माधवलाई सुवास नेम्वाङको कठोर जवाफ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजित नेकपाको प्रचण्ड माधव समूहले पार्टीको अध्यक्ष तथा दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेललाई हटाएको सुन्दा आफूलाई निकै अचम्म लागेको बताउनु भएको छ ।

    images

    नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता नेम्वाङले पार्टीको अध्यक्ष र महासचिवलाई बैठकबाट हटाउनेहरुले विधि र प्रक्रियाको कुरा गरेकोमा आफू अचम्ममा परेको बताउनु भयो । उहाँले प्रचण्ड-माधवमा केपी ओलीविरोधी मानसिकता र पदको लोभमात्रै भएको ठोकुवा पनि गर्नुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशनमार्फत नयाँ पुस्तालाई नेतृत्व सुम्पने र आवधिक चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने अडान लिएकै कारण अहिलेको परिस्थिति सिर्जना भएको उहाँको भनाई थियो । ओली स्थिरता र जनमतको पक्षमा रहेको भन्दै नेता नेम्वाङले अहिलेको समस्या प्रचण्ड-माधवको पदलोलुपताले निम्त्याएको बताउनु भयो ।

    सरकार र पार्टीबाट जनताले छानेका प्रधानमन्त्री ओलीलाई हटाएर आफू आफूमा भागशान्ति वितरणमा प्रचण्ड-माधव लागेकोले समस्या आएको उहाँको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ