बिहीबार , असोज ३ गते २०८१

प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुसाल

प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुसाल

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुसाल

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका कारण दुई भागमा विभाजन भएको पार्टी प्रतिनिधिसभा पुनस्थापना भए एक हुने उनको भनाइ रहेको छ ।

    images

    उनले भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ । त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुन्छ । ’रुपन्देही स्थित नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भुसालले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा पुर्नस्थापना नभए देश गम्भीर राजनीतिक भूमरीमा फस्ने र प्राप्त उपलब्धिहरु गुम्ने समेत धारणा राखे ।

    न्यायलयलाई प्रभावित पार्ने कोसिस भइरहेको भन्दै नेता भुसालले त्यसका विरुद्ध संघर्ष आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ