सोमबार, मंसिर १० गते २०८१

घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला

घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला


     पोखरा
    प्रसिद्ध पर्यटकीय घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला गरिएको छ । कोरोना भाईरसका कारण बन्द गरिएको ग्रामीण पर्यटनको प्रमुख गन्तव्य मानिएको घान्द्रुक गाउँ माघ १ गतेदेखी पर्यटकका लागि खुला गरिएको हो । घान्द्रुक गाउँ सँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि पनि माघ १ गतेदेखी पर्यटकका लागि खुला गरिएको छ । घान्द्रुक गाउँ  अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु मानिन्छ ।
    कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखी बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुल्ला गरिएको किसम गुरुङले बताउनुभयो ।
    सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका सबैजसो गन्तव्यहरुमा चहलपहल शुरु भएतापनि घान्द्रुक गाउँ पर्यटकका लागि खुल्ला गरिएको थिएन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार