बिहीबार , असोज ३ गते २०८१

ओलीका कारण प्रजातन्त्र खतरामा – देउवा

ओलीका कारण प्रजातन्त्र खतरामा – देउवा

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • ओलीका कारण प्रजातन्त्र खतरामा – देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रजातन्त्र खतरामा रहेको बताएका छन् । बिहीबार पवर्तको शंकर पोखरीमा बोल्दै देउवाले ओलीले वैशाखमा चुनाव गराउनेमा पनि शंका व्यक्त गरे ।

    images

    देउवाले संसद विघटन गर्ने ओलीको कदमले प्रजातन्त्रनै संकटमा पर्नसक्ने बताए । तर, यस विषयको मुद्दा सर्वोच्च अदालतमा रहेकाले प्रभाव पर्ने गरी सडक आन्दोलन तथा दवाव दिन नहुने उनले बताए ।

    देउवाले नेकपाका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल आफूलाई भेट्न आएको भन्दै आफूले अहिलेको अवस्थामा सडक सहकार्य गर्न नसक्ने जवाफ दिएको बताए । अदालतको निर्णय प्रजातान्त्रिक पार्टीले मान्ने देउवाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ