बिहीबार , असोज ३ गते २०८१

चुनाव केन्द्रित कार्यक्रममा जुटन पार्टीका नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

चुनाव केन्द्रित कार्यक्रममा जुटन पार्टीका नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • चुनाव केन्द्रित कार्यक्रममा जुटन पार्टीका नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ गते निर्वाचन हुने भएकाले त्यसको तयारीमा तत्काल जुट्न पार्टीका नेतालाई निर्देशन दिएको छ । अहिलेसम्म देशका विभिन्न भाग गरिएका कार्यक्रममा उत्साहजनक सहभागीता भएको भन्दै त्यसलाई अझै बढाएर लैजानुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

    images

    नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीले आज माघे संक्रान्तिको अवसर पारेर राजधानीमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुलाई बोलाउनु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सदस्यहरुले अहिलेसम्म भएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको एक सदस्यले जानकारी दिनुभयो ।

    नेताहरुले पार्टी विभाजनको केही असर माथिल्लो तहमा परेपनि तल्लो तहसम्म पुग्दा कार्यकर्ता ओलीकै पक्षमा देखिएको रिपोटिङ गरेका थिए । जनतासम्म पुगेर फर्किएका नेताहरुले स्थानीय नेता तथा कार्यकर्ताले पदकै लागि प्रचण्ड र नेपालले पार्टी फुटाएको भन्दै उनिहरुको पदका लागि सँगै जान नसक्ने जवाफ आफुहरुलाई दिएको बताएका थिए ।

    सदस्यको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले अब सबै कार्यक्रमहरु चुनाव केन्द्रीत गर्न निर्देशन दिनु भएको थियो । उहाले अहिलेसम्मको माहोल हेर्दा उत्साजनक रहेको र माहोललाई थप आफ्नो पक्षमा बनाउन अब सबै नेताहरु गाउँ–गाउँमा जान निर्देशन पनि दिनु भएको छलफलमा सहभागी सुवास नेम्वाङले जानकारी दिनुभयो ।

    अनौपचारिक छलफलमा नेता नेम्वाङले निर्वाचन आयोग र सर्वोच्च अदालतमा चलिरहेका न्यायिक तथा कानुनी प्रक्रियाको बारेमा ब्रिफिङ गर्नुभएको थियो । चुनाव चिन्ह र पार्टीको आधिकारिकता अर्को पक्षले नपाउने गरी बिगतदेखिकै कागजपत्रहरुको प्रसंगपनि छलफलमा उठेको एक नेताले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ