शुक्रबार, असोज ४ गते २०८१

प्रचण्ड–माधव समुहमा पदका लागि नेताहरुको लाईन, भागबण्डा मिलाउनै सकस

प्रचण्ड–माधव समुहमा पदका लागि नेताहरुको लाईन, भागबण्डा मिलाउनै सकस

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • प्रचण्ड–माधव समुहमा पदका लागि नेताहरुको लाईन, भागबण्डा मिलाउनै सकस

    नेताहरुको कार्य विभाजन, महासचिव चयन र पार्टी एकताका काम टुंगो लगाउन विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) लाई सकस भएको छ ।

    images

    स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सात दिनको समय दिइएकोमा नेताहरुको व्यस्तता जनाउँदै गृहकार्य टुंगिन नसकेको हो ।

    २० पुसमा सकिएको स्थायी कमिटी बैठकले कार्यदलाई एक साता भित्र ठोस खाका पेस गर्न ‘म्याण्डेड’ दिएको थियो । कार्यदललमा ११ जना स्थायी कमिटी सदस्यहरू छन् । कार्यदलमा रहेका नेताहरु हुन्, भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र शक्ति बस्नेत ।

    स्थायी कमिटी सदस्य भीम रावलका अनुसार एक साताको अवधि पाएको कार्यदलको अहिलेसम्म दुई वटा मात्रै बैठक बसेको छ ।

    २० पुसको स्थायी कमिटी बैठकले ओली पक्षतिर लागेका प्रदेश इन्चार्जहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएको थियो । उनीहरुलाई हटाएर लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेश इन्चार्जमा देवेन्द्र पौडेललाई नियुक्त गरेको थियो ।

    पार्टीमा विभाजन आएपछि बाँकी एकता र पदपूर्तिका विषय टुंग्याउन नेपाल नेतृत्वको कार्यदललाई जिम्मेवारी सुम्पिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ