सोमबार, मंसिर १० गते २०८१

कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

    कोरोना भाइरसको उद्गम थलो वुहानमा विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को टोली पुगेको छ । कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्नका लागि डब्लुएचओको टोली चीनको वुहान पुगेको हो ।

    images

    कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ। लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो।

    १० वैज्ञानिकहरुको टोलीले अनुसन्धान संस्थाका अधिकारी, अस्पताल तथा सिफुड मार्केटका प्रतिनिधिसँग अन्तर्वार्ता गर्ने छन् । सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्। अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन्।

    सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी त्यसपछि विश्वभर फैलियो । उत्पतीको वास्तविकता थाहा पाउनका लागि अनुसन्धान टोली बिहीबार बिहान वुहान पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार