आइतबार, भदौ २३ गते २०८२

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

अखबार दैनिक
आइतबार, भदौ २३ २०८२
  • माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ ।

    मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका(९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राख्नुभयो । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।

    अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर(दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।”

    तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गर्नुभयो । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उहाँको भनाइ छ ।

    यो अभियानले जनतालाई सत्यरतथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ