शुक्रबार, असोज ४ गते २०८१

पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता छैन - प्रचण्ड

पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता छैन - प्रचण्ड

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता छैन - प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको बताएका छन् ।

    images

    बुधबार नेकपा काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको भेलामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको र जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गरेर सरकारले जनमतको अपमान गरेको आरोप लगाए ।

    पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताउदै उनले सरकारका काममा पार्टीले व्यवधान गरेको भए प्रमाण पेश गर्न चुनौती दिए ।

    उनले केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य आफूहरुसँग रहेको बताए । उनले भने - 'निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हुने पार्टीले नै आधिकारिकताको मान्यता पाउनेमा विश्वस्त हुन आग्रह गरेको छ'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ