बिहीबार , असोज ३ गते २०८१

प्रचण्ड समूह चुनाव भाँड्न लाग्यो : उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड समूह चुनाव भाँड्न लाग्यो : उपप्रधानमन्त्री पोखरेल

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • प्रचण्ड समूह चुनाव भाँड्न लाग्यो : उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड समूह चुनाव भाँड्ने षडयन्त्रमा लागेको बताउनुभएको छ । देश चुनावमा गइसकेको अवस्थामा सो समूह भने चुनाव भाँड्ने खेलमा लागेको उहाँले बताउनुभयो । नेकपाले झापाको विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो समूह जनताको बीचमा जान डराएर चुनाव भाड्न निर्वाचन अयोग लगायतका निकायमा धाइरहेको बताउनुभयो ।

    images

    पोखरेलले देश चुनावमा गइसकेकोले अब कसैले चाहेर चुनाव नरोकिने बताउनुभयो । सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्र निर्वाचनको तायारीमा लागिसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले प्रचण्डले नेकपा बैठकमा पेश गरेको आरोप पत्र फिर्ता लिई बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरे अझै पार्टी एकता हुनसक्ने बताउनुभयो । कानुनत ः पार्टी विभाजन नभइसकेकोले प्रचण्ड समूह सच्चिएर आए छलफल गर्नसकिने उहाँले बताउनुभयो ।

    उहाँले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हुने दाबी गर्नुभयो । ‘केपी ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह नेकपाको हुन्छ’, उहाँले भन्नुभयो ।

    प्रचण्ड समूहको कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै पोखरेलले यो वाध्यामक स्थिति भएको बताउनुभयो । निर्वाचनले अहिलेको समस्या अन्त्य गर्ने उहाँको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ