बिहीबार , असोज ३ गते २०८१

ओलीले जी न्यूजमा दिएको अन्तरवार्ता सबै नाटक : प्रचण्ड

ओलीले जी न्यूजमा दिएको अन्तरवार्ता सबै नाटक : प्रचण्ड

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • ओलीले जी न्यूजमा दिएको अन्तरवार्ता सबै नाटक : प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताएका छन् ।

    images

    बुधबार प्रचण्ड-माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले भारतबाट ‘जी न्यूज’लाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मन्चन गरेको बताए । उनले भने, ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ ।’

    उनले विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएको बताउँदै प्रधानमन्त्री ओलीले जी न्युजलाई दिएको अन्तरवार्ता हेरेपछि सबै नाटक भएको बताए । उनले कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ