गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन तोकिएकै समयमा हुने हुँदा त्यसको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री लम्सालले वैशाखमा निर्वाचन हुनेमा दुविधा नरहेको स्पष्ट पर्नुभयो । “वैशाखमा चुनाव हुन्छ, म पनि तयार छु र हजुरहरु पनि तयार हुनुहोस् मन्त्री लम्सालले भन्नुभयो,” केही व्यक्तिहरुले निर्वाचन नहुने भन्दै अफवाह फैलिएका छन्” ।
मन्त्री लम्सालले लामो समयपछि बनेको स्पष्ट बहुमतको स्थिर सरकारालाई आफ्नै पार्टीका नेता बाट चौतर्फी घेराबन्दीमा पारेर केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण सरकार ढाल्ने, राष्ट्रपतिलाई समेत महाअभियोग लगाएर हटाई निर्वाचित संस्थाहरुलाई खाली बनाएर जालझेल गरी सत्तामा पुग्ने मनाशायका साथ खेलिएको घृणित खेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै गम्भिर वितृष्णा पैदा गर्ने कार्यलाई रोक्नका लागि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गर्नुभएको स्पष्ट पर्नुभयो ।
निर्वाचन घोषणा भईसकेपछि पनि केही व्यक्ति विशेष तथा राजनीतिक दलका नेताहरुले निर्वाचन नहुने र यो निर्वाचन हुनका लागि गरिएको घोषणा नभएको भनी जनतामा अफवाह फैलाएकोले भन्दै मन्त्री लम्सालले तोकिएकै मितिमा निर्वाचन हुनेमा आश्वस्त पार्नुभयो ।