शुक्रबार, असोज ४ गते २०८१

निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै प्रचण्ड समूह निर्वाचन आयोगमा

निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै प्रचण्ड समूह निर्वाचन आयोगमा

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै प्रचण्ड समूह निर्वाचन आयोगमा

    निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ।

    images

    पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी ससस्यहरु पनि पुगेका छन्।

    संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।

    ‘संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ। उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं।’

    प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलिया लगायत पदाधिकारीलाई भेटेर पत्र बुझाउने भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ