बिहीबार , असोज ३ गते २०८१

नेकपा ओली समूहको केन्द्रीय कमिटीमा १५०१ सदस्य

नेकपा ओली समूहको केन्द्रीय कमिटीमा १५०१ सदस्य

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • नेकपा ओली समूहको केन्द्रीय कमिटीमा १५०१ सदस्य

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो ।

    images

    मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिकामार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ ।

    ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, निर्देशिकामा उल्लेख छ ।

    यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्‍याएका थिए ।

    अन्तरपार्टी निर्देशिका अनुसार ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन् ।

    पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि निर्देशिकामा उल्ल्ेख छ ।

    तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा प्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्ने निर्देशिकामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ