शुक्रबार, वैशाख २१ गते २०८१

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…

अखबार दैनिक
आइतबार, पुस २६ २०७७
  • प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियसभाको रोष्टममै थुकेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणको प्रसंगमा बोल्दै गर्दा ओलीले रोष्टममै थुकेका हुन् ।

    images

    आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेका हुन् । उनले परराष्ट्र मन्त्री आगामी १४ तारिकमा भारत भ्रमणमा जाने प्रसँग झिक्दै गर्दा रोष्टममा थुकेका हुन् ।

    ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेरै छाड्ने बताएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको बताए ।

    सम्बोधनको क्रममा उनले भने,‘सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उपभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ । त्यहि गर्न लागेपछि मविरुद्ध षड्यन्त्र भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार