बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्रीलाई कोबाट ‘सुरक्षा थ्रेट’ ?

प्रधानमन्त्रीलाई कोबाट ‘सुरक्षा थ्रेट’ ?

अखबार दैनिक
शनिबार, पुस २५ २०७७
  • प्रधानमन्त्रीलाई कोबाट ‘सुरक्षा थ्रेट’ ?

    संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको बताइएको छ ।

    images

    सुरक्षा निकायको विश्लेषणका आधारमा गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको छ ।

    राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्रीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

    गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ ।

    गृह स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उहाँ जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।

    केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नाम जोडेर सडकमा विभिन्न अमर्यादित नारा लागेका थिए । ती नारा नेकपाकै प्रचण्ड–माधव समूहका कार्यकर्ताले लगाएको बताइएको छ । सडकमा अमर्यादत नारा लगाउनेलाई कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिबद्धता जनाउनुभएको थियो ।

    यसअघि नेकपाकै भातृ संगठन अखिल नेपाल महिला संघका प्रतिनिधिहरुले गृहमन्त्रीलाई भेटेर राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित नारा लगाउनेलाई कारबाही गर्न माग गरेका थिए । यस्तो आवाज राष्ट्रिय सभामा समेत उठिसकेको छ ।

    संसद् विघटन गर्नुभन्दा अघि पनि प्रधानमन्त्री ओली सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराहीमा राखिएको स्थायी कमिटिको बैठकमा जानुभएको थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ