शुक्रबार, असोज ४ गते २०८१

पार्टी एकता गरौं : वामदेव गौतम

पार्टी एकता गरौं : वामदेव गौतम

अखबार दैनिक
शनिबार, पुस २५ २०७७
  • पार्टी एकता गरौं : वामदेव गौतम

    आज शनिबार विज्ञप्ति जारी गर्दै गौतमले अहिलेकाे परिस्थितले नेपालको कम्युनिष्ट आन्दोलन गम्भिर संकटको मोडमा पुगेको बताउँदै एकता अपरिहार्य रहेको बताए ।

    images

    नेपालको मात्रै नभइ एसियाको इतिहासमा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तर्गत दुई तिहाइ मतबाट बनेको सरकारको कार्यकाल अवधि पूरा नहुँदै नेकपा विभाजित हुनु दुःखद र पीडादायी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    नेकपामाथि जनताले धेरै आशा र भरोसा राखेको भन्दै उनले राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसकेका कारण पार्टी विभाजनको बाटोमा पुगेको उनको ठहर छ ।

    ‘एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ’ विज्ञप्तिमा भनिएको छ ।

    उनले एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लंघन गर्दै, आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सुरु गरेको लडाइँ बन्द गर्न र पुनर्मिलनकाे लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

    हजारौं शहिदहरुको रगतबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरी ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गर्न र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गर्न पनि उनको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ