बिहीबार , असोज ३ गते २०८१

ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा हो : ईश्वर पोखरेल

ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा हो : ईश्वर पोखरेल

अखबार दैनिक
शुक्रबार, पुस २४ २०७७
  • ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा हो : ईश्वर पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको दाबी गरेका छन् ।

    images

    शुक्रबार काठमाडौँमा आयोजित नेकपा ओली समूहको काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हन् ।

    उनले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे। आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने उनले बताए ।

    कानूनी रुपमा विधिवत् रुपमा टुंगिन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने उनले बताए ।

    स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन उनले आग्रह समेत गरे। सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ